मालारानीको श्री बराह आधारभुत बिधालयमा तालाबन्दी

| २०७९ चैत १९ गते १८: १५ मा प्रकाशित

मालारानी।मालारानी गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री बराह आधारभुत बिधालयमा तालाबन्दी गरिएको छ। 

मालारानी गाउँपालिकाका अध्यक्षकाे वडाकाे विद्यालयमा नै स्थानीयहरुले तालाबन्दी गरेका छन। 

मालारानीको नेटापाेखरामा रहेको उक्त आधारभूत बिधालयमा आज दिउँसो  करिब २ बजेकाे समयमा बिधालयले एकलाेटि समिति गठन गरेकाे र सबै अभिभावकलाई जानकारी नगराएकाे भन्दै तालाबन्दी गरिएकाे जानकारी स्थानीय अगुवा मनिराम पराजुली दिनु भएकाे छ।

प्रतिक्रिया दिनुहोस्