नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

| २०७८ असार ९ गते १७: ५४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।

अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए । ‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भने ।

प्रतिक्रिया दिनुहोस्