राष्ट्रगान ‘सयौँ थुँगा’का गायक अजय थापाको नि’धन

| २०७८ असार ११ गते १५: ५७ मा प्रकाशित

झापा । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज को’रो नाबाट नि’धन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार को’रो ना स’ङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँको पत्नी राधा थापा समेत को’रो ना स’ङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनु भायो । विसं २०६२र६३ को जन आन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्