प्युठान अस्पतालका डा. दर्नाल सम्मानित

| २०७८ असार १२ गते १४: ५६ मा प्रकाशित

कृष्ण परिया,अर्घाखाँची । नेपाल औषधी ब्यवसायी संघ प्युठानले कोरोना महामारीको समयमा अग्रपङ्गतिमा खटिएर कोरोना संक्रमितको उपचार तथा सेवा गरेको भन्दै प्युठान अस्पतालका मेडिकल सुपरिटेन्ट डा. नविन दर्नाललाई सम्मान गरेको छ । संघले ४८ औं दिवसको अवसरमा दर्नाललाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।  कोरोना महामारी नियन्त्रणको लागी डा. दर्नालको उच्च योगदान रहेको भन्दै सम्मान गरिएको नेपाल औषधि ब्यवसायी संघका अध्यक्ष शिबराज श्रेष्ठले बताए ।

कार्यक्रममा सम्मान ग्रहरण गर्दै डा. दर्नालले कोरोना माहामारिको दोस्रो लहर चलिरहेकै बेलामा तेस्रो लहर पनि आउन सक्ने भन्दै वैज्ञानिकहरुले पुर्व तयारीमा जुट्नको लागि सुझाइ सकेको बताए । उनले अस्पतालमा कोरोनाको तेस्रो लहरको पुर्व तयारी स्वरुप सम्पुर्ण स्वास्थ कर्मिहरुलमई तालिम प्रदान गरि सकेको बताए । तेस्रो लहरमा बालबालिका हरु बढी प्रभावित हुन सक्ने भन्दै अस्पतालले पुर्व तयारि गरिसकेको उनले बताए । सम्पूर्ण स्वास्थकर्मिहरु लाई बालरोग ब्यब्स्थापन सम्बन्धी तीन  दिने तालिम प्रदान गरिसकिएको मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालको भनाई  छ ।  उनले औषधी ब्यवसायी संघले सम्मान गरेकोमा धन्यवाद समेत ज्ञापन गरे ।  

प्युठानमा अहिले सम्म १ हजार १ सय ७० जनाको परिक्षण गरेकोमा ५ सय ८८ जनामा संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पतालमा १ सय ३८ जना संक्रमित भर्ना भएकोमा ९९ जना डिस्चार्ज भै सकेका छन् भने १९ जनालाई थप उपचारको लागी अन्यत्र रिफर गरिएको छ । अहिले अस्पतालमा २ जनाको उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्