प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत कृष्णनगरका पोखरी सर सफाई गरिदै

| २०७८ असार १४ गते ०१: ३८ मा प्रकाशित

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ ।यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदूपयोग भई आय आर्जन र रोजगारी वृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।

लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सर सफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।

चालु आर्थिक बर्ष २०७७/७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू संचालनमा रहेका छन् ।सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य  कार्यक्रम लाई प्राथमिकता दिई संचालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्