इण्डो नेपाल सामाजिक मञ्च परिवार द्वारा उपरीक्षक नवराज अधिकारी लाई स-सम्मान प्रशंसा पत्र प्रदान गरी विदाई गरियो

| २०७८ असार १४ गते १८: ३० मा प्रकाशित

राहुल मोदनवाल।कपिलवस्तु कृष्णनगरको संस्था इण्डो नेपाल सामाजिक मञ्चले गरीब दुखि, असहाय र विपतमा परेका मानिसलाई सहयोग निरन्तर गर्दै आएको छ र सामजमा राम्रो कार्य गरेको व्यक्तिलाई सम्मान पनि निरन्तर दिदै आएको छ।

 यो संस्था बिभिन्न राम्रो कार्यमा सहभागी भई  मानिसहरुलाई 
घर घरमा पुगी सेवा सुविधा दिएको छ यो संस्थाको अध्यक्ष अकरम अब्दुल रहमान खानको अगुवाईमा सबै राम्रो कार्य भई रहेको छ।

यस्तै कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको ले स- सम्मान साथ प्रशंसा पत्र इण्डो-नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानको अगुवाईमा प्रदान गरिएको हो। यस सम्मान कार्यक्रममा  संस्थाका सदस्य बृजेश गुप्ता,नदीम खान,बजरंगी शाहू, सलमान खान,निखिल पाठक र यो संस्थाका मीडिया प्रवक्ता राहुल मोदनवाल उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्