प्युठानमा अज्ञात समुहको कुटपिट बाट एक युवाको मृ'त्यु: एक गम्भीर घाइते

| २०७८ असार १५ गते १८: ०० मा प्रकाशित

प्युठान। प्युठान  नगरपालिका - १० नेपानेमा असार १४ गते स्थानीय युवा हरुको कुटपिट बाट २४ बर्षिय नरेन्द्र पुन मगरको मृ'त्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

घटना को प्रकृति हेर्दा मृतक नरेन्द्र पुन र गम्भीर घाइते रहेका २५ बर्षिय शुरेस बस्नेत दुवै जनाको टाउको मा धारिलो हतियार प्रयोग गरियको र अनुहार मा कुटपिट गरेको निलडाम समेत रहेको प्रहरी स्रोतले जनाएको छ। 


घाइते शुरेश बस्नेतलाई थप उपचारका लागि प्युठान देखि भैरहवा रिफर  गरिएको छ। घाइते बस्नेतको अहिले ventilator मा राखी उपचार भईरहेको खबर प्राप्त भएको छ। मृतक पुन मगरलाई जिल्ला अस्पताल को शवगृह मा राखियको र परिवार बाट हत्यारा पत्ता नलाग्दा सम्म  शव नबुझ्ने अडान लीएको खबर प्राप्त भएको छ। 

घटनामा संकाको आधारमा स्थानीय ४ जना युवालाई प्रहरीले  हिरासत मा राखेर अनुसंधान गरिरहेको जानकारी आएको छ।

घटना को अघिल्लो दिन आफ्नी दिदि को काम गर्न नेपाने गएका ति युवालाई साँझ घर फर्कने क्रममा कुटपिटको घटना घटेको हुन् सक्ने प्रहरी र स्थानीयहरुले अनुमान लगाएका छन्। 

प्रतिक्रिया दिनुहोस्