गुल्मीकी सिडियाे लाई कोरोना संक्रमण पुष्टि,सचेत रहन गुल्मी बासि लाई आग्रह

| २०७८ असार १८ गते १६: ३१ मा प्रकाशित

गुल्मी।गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीबार सदरमुकाम तम्घास स्थित कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षण दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।

रुघाखोकी र शरीर कमजोर हुँदै गएपछि कोरोना परिक्षण गराउँदा पोजेटिभ देखिएको शर्माले बताईन् । आँफु कसरी संक्रमित भए भनेर यकिन गर्न नसकेको शर्माको भनाई छ ।

आँफु सचेत हुँदाहुँदै पनि कोरोना संक्रमण भएपछि उनले जिल्लाबासीलाई थप सचेत हुन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेकी छन् ।
जिल्लामा जारी निषेधाज्ञालाई हेलचक्य्राइँ नगरी पालन गर्न गराउन सबैलाई सिडिओ शर्माको अनुरोध रहेको छ।
स्रोत:गुल्मी अपडेट

प्रतिक्रिया दिनुहोस्