नेपाल शिक्षक महासंघको अन्तरक्रिया, मागहरु पूरा नगरे सिहं दरबार घेराउ गर्न जाने चेतावनी

| २०७८ असार १९ गते २०: २९ मा प्रकाशित

गुरुदेब खनाल,अर्घाखाँची। नेपाल शिक्षक महासंघ , अर्घाखाँची सितगंगा नगरपालिका आन्दोलन परिचालन समितीले क्रियासिल राजनितिकदल संगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

शिक्षक तथा  विद्यार्थीलाई कोभिड –१९ को  भ्याक्सिन उपलब्ध गराउनु पर्ने, बाल बिकास तथा कार्यलय सहयोगीको तलब संघीय सरकारले तोके बमोजिम  न्युनतम पारिश्रमिक बराबर गरिनु पर्ने लगाएतका बिषयमा नेपाल शिक्षक महासंघको केन्द्रिय कार्याक्रम अनुसार शनिबार शितगंगा नगरपालिकाको आन्दोलन परिचालन समितीले पालिका स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका नगर कमिटी  अध्यक्ष बसन्त कुमार, श्रेष्ठ, एकीकृत नेकपा  (माओवादी केन्द्र)का मणिराम अधिकारी , नेपाल कम्यूनिस्ट पार्टीका  अयन विश्वकर्मा पार्टी प्रतिनिधीहरु उपस्थित  भएका थिए । 

उक्त कार्यक्रममा सम्पुर्ण पार्टीका प्रतिनिधीहरुले नेपाल शिक्षक महासंघको मागहरु प्रति ऐक्यबद्धता जनाउँदै शिक्षक तथा बिद्यार्थीहरु अन्यायमा  परेको बताएका छन । विद्यार्थीहरुको पढाई रोकिएको महिनौं  भई सक्दा पनि सरकारले कुनै न्यायोचित काम गर्न सकेको छैन  । सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुलाई खोप उपलब्ध हुनुपर्ने, यस्तै बालबिकास र कार्यलय सहयोगीको तलब संघीय सरकारले बजेटमा तोके बमोजिम  न्युनतम पारिश्रमिक तोकिने मात्र हैन लागु समेत गर्न हामिले गर्नु पर्ने स्थानिय तह देखि केन्द्र सम्म सम्पुर्ण कसुरहरु बाँकी नराख्ने र यो महासंघको आन्दोलनलाई निष्कर्सका नपुग्दा सम्म साथमै आन्दोलन गर्ने प्रतिबद्धता समेत गरेका छन ।

आन्दोलन समितीका संयोजक लक्ष्मण वलीले महासंघको  केन्द्रिय मार्यक्रम अनुसार यदि हामीले उठाएका माग प्रति गम्भीर नभए  र  विभिन्न शिक्षकका पेशागत संघ, संगठनले बिगतमा  राज्य संग गरेका  सम्झौताहरुलाई  बेवास्ता गरेमा हामी सिहंदरबार घेराउ गर्न जाने समेत बताएका छन । उक्त कार्यक्रमक आन्दोलन परिचालन  समितीकी सदस्य माया घिमिरे अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्