इलाम इजलासकी महिला कर्मचारीको ह'त्या आरोपमा असई प'क्रा'उ

| २०७८ असार २९ गते १८: २२ मा प्रकाशित

विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको ह'त्या'मा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई प'क्रा'उ परेका छन् । 

सोमबार बिहान कार्यालय परिसरमा मृ'त भेटिएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको ह'त्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ प'क्रा'उ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली इलाम इजलासकी कार्यालय सहयोगी हुन् ।

बानियाँ इलाम इजलासमा कार्यरत न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् । इलाम इजलासका मुख्य न्यायाधीश यादव भने केही दिनयता बिदामा थिए । यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको ह'त्या गरेको देखिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बनियाँले ह'त्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

आइतबार साझाँ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर ह'त्या गरेको देखिएको उनले बताए । ह'त्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा विवादपछि बानियाँले ह'त्या गरेको देखियो,’ उनले भने,‘ह'त्याको कारण अबैध सम्बन्ध र लेनदेनको विवाद पनि छ ।’ बानियाँ र पराजुली दुवै विवाहित हुन् । उनीहरूबीच अवैध सम्बन्ध रहेको प्रहरीले बताएको छ ।

सोमबार बिहान पराजुलीको श'व अदालत परिसरभित्र भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बानियाँको संलग्नता देखिएपछि उनलाई राति नै प'क्रा'उ गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीका अनुसार आइतबार बेलुका पराजुलीले बानियाँलाई फोन गरेर भेट्न बोलाएकी थिइन् । उनीहरुबीच न्यायाधीश क्वाटरमा भेटघाट भएको थियो । विदामा रहेका न्यायाधीशको क्वाटरको तालाचाबी बानियाँसँग नै थियो ।

क्वाटर भित्र विवादका क्रममा बलात्कारको मुद्दा लगाउछु भनेपछि घाँटी थिचेर ह'त्या गरेको बानियाँले बयान दिएको प्रहरीले बताएको छ । पराजुलीले लगाएको कानका गहना क्वाटर भित्र भेटिएका थियो। सिक्री भने बानियाँको साथबाट भेटिएको प्रहरीले बताएको छ ।

यो समाचार अनलाइन खबरबाट साभार भएको छ। 

प्रतिक्रिया दिनुहोस्