परिणाम निकाल्ने गरी काम गर्छौं : उर्जामन्त्री भुसाल

| २०७८ असार ३० गते १४: १९ मा प्रकाशित

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कार्यभार सम्हालेकी छन्। पदभार ग्रहण गर्दै ऊर्जामन्त्री भुसालले परिणाम निकाल्ने गरी काम गर्ने बताइन्।

काममा कुनै पूर्वाग्रह नराखी सबै मिलेर काम गर्नु पर्ने उनको भनाई छ। उनले कहिल्यै लोडसेडिङ नआउने अवस्था आउने गरी काम गर्ने बताइन्।

बिजुली बत्ती नगएका ठाउँमा बिजुलीको पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिइन्।

प्रतिक्रिया दिनुहोस्