अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गो'ली हानी ह'त्या गरेका छन् ।
गत सोमबार राति ९ः४४ मा अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी ह'त्या गरेका हुन् । गोली प्रहार गरेपछि घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए ।
घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गो'ली प्र'हा'र गरेका थिए ।
छेवाङ्गको श'व घटनास्थलमै फेला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले प'क्रा'उ गरेको छ ।
घिमिरेलाई ह'त्या गरेको आरोपमा प्रथम श्रेणीको ह'त्या, गैरकानुनी रुपमा ब'न्दु'क प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी , अनुमतिबिना ब'न्दु'क राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ ।
मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्