लागूऔषधसहित धनुषाबाट एक युवक प'क्रा'उ

| २०७८ सावन २ गते २०: ३३ मा प्रकाशित

जनकपुरधाम । धनुषामा प्रहरीले लागूऔषधसहित एक युवकलाई प'क्रा'उ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका- ९ स्थित बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने सन्तोषकुमार यादवलाई प'क्रा'उ गरिएको प्रहरीले जनाएको छ ।

ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट नाइट्राभेट–१० ट्याब्लेट १५ सय थान बरामद भएको छ । यादवले यो लागूऔषध मोटरसाइकलको सिटमुनि राखेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

यस्तै उनले पिठ्यूँमा बोकेको झोलाभित्र चारमिनार मुम्कका (भांगको ट्याब्लेट) २४ प्याकेट, राजनिवास ३ प्याकेट र चक्कु १ थान समेत बरामद भएको उनले बताए ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

online khabar

प्रतिक्रिया दिनुहोस्