प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आए

| २०७८ सावन ३ गते १६: १० मा प्रकाशित

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । उनी पार्टीको काम विशेषले पोखरामा थिए । तर, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने आकस्मिक निर्णय लिएकाले उनी हेलिकप्टरमार्फत काठमाडौं आएका हुन ।

उनी पोखराबाट काठमाडौंको लागि गाडीबाटै आउँदै थिए । तर, बाटोमा पहिरोको कारण सडक अवरुद्ध हुँदा उनी हेलिकप्टरमार्फत काठमाडौं आएको उनको सचिवालयले जनाएको छ । उनी हेलि एभरेष्टमार्फत आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्