विगत तीन महिना पहिला देखि भाग्य न्यौपाने बेपत्ता (भिडियो सहित)

| २०७८ सावन ६ गते १३: ३३ मा प्रकाशित

सुमन अर्याल,अर्घाखाँची।  YouTube मा आफ्नो भाग्य चनकाएर अरूको भाग्य चम्काउने भाग्य न्यौपाने आजभोलि देखिन छाडेका छन् । विगत तीन महिना भन्दा बढी समय बाट उनी हराएका छन्  कहाँ गए के गर्दै छन् कुनै कुराको जानकारी छैन । र उनले tattako  खबर नामक YouTube channel मा पनि भिडियो पोस्ट गरेको देखिदैन। उनको YouTube खोलेर हेर्ने हो भने तीन महिना पहिला पोस्ट गरेको भिडियो देख्न सकिन्छ। त्यस पछि उनले कुनै पनि भिडियो पोस्ट गरेका छैनन्। 

पूर्वेली लवजमा क्यामरा बोकेर  youtube मा काम गर्ने भाग्य न्यौपाने लाखौको मनमा बस्न सफल भएका थिए ।  हजारौं दुःखी पीडित लाई सहयोग गर्दै न्यान् नपाएका हरुलाई न्याय दिलाउँदै  सामाजिक कामको  धरोहर बनेका भाग्य न्यौपाने एक्कासी हराएका छन् । ताप्लेजुङमा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने अध्यानका लागि मलेसिया पुगेर नेपालमै केही गर्ने सपना बोकी नेपाल फर्किएर  तात्तातो खबर नामक YouTube channel सञ्चालन गरेका थिए। 

YouTube channel tattato khabar बाट उनले नेपालका  समाचार हरुलाई पोस्ट गर्दै चर्चा कमाउन थाले । आफ्नो च्यानलमा उनले पहिलो अन्तर्वार्ता हास्य कलाकार किरण केसीको लिएका थिए । पहिलो अन्तर्वार्ता मै भिडियो भाइरल भएपछि उनलाई माया गर्ने दर्शकको कमी भएन । 

पत्रकारिता मा कुनै अध्यान नगरेका भाग्य न्यौपानेलाई त्यो भिडियो ले उनलाई पत्रकारिता क्षेत्रमा काम गर्ने हौसला बढायो । Youtube मा  असाहय दिन दुःखी हरुको अन्तर्वार्ता लिएर उनी सेलिब्रेटी नै बनेका छन् । 

YouTube  बाट  भाग्य चम्काएका भाग्य न्यौपाने यति धेरै समय सम्पर्कमा न आउँदा  यो धेरैको चासोको विषय बनेको छ। तर यो विषयलाई सरकारले कुनै वास्ता गरेको छैन ।
फरक ढंग बाट YouTube मा प्रस्तुत भयर पछिल्लो समय नाम र दाम दुबै कमाएका भाग्य न्यौपाने ले तीन महिना पहिला देखि भिडियोहरू पोस्ट नगर्दा  धेरै दर्शकहरु  वास्तविकताको पर्खाइमा रहेका छन् । 

भाग्य न्यौपानेले लिएका अन्तरवार्ताका भिडियो हरु सबै चर्चित भयका थिए । झापा पुगेर उनले अहिलेका बाल गायक अशोक दर्जी को  अन्तर्वार्ता लिएका थिए । त्यसपछि अशोक दर्जी पनि एकाएक चर्चामा आए अनि बिस्तारै  उनलाई गाउँ गाउँ पुगेर  अन्तरवार्ता लिनलाई भ्याई नभ्याई भएको थियो । 

भाग्यले यस्ता अन्तर्वार्ता ल्याउने समयमा यस्ता विषय वस्तुमा खासै मिडियाहरुको नजर पुगेको थिएन।  अन्तरवार्ताका क्रममै उनले कति बिरामी भेटे कति बिरामीलाई सहयोग गरे कति  खाना नपाएका दिन दुःखी ,गरिव दुःखिको सहारा बने यो त कुनै गिन्ती नै छैन । 

हरेक समाजमा गएर पिछडिएका प्रतिभालाई अगाडि ल्याउने भाग्य न्यौपाने अहिले गुम गाम छन् ।   तीन महिना यत उनी कहीं कतै देखिएका छैनन् नत आफ्नो सामाजिक सञ्जालमा कुनै पोस्ट नै गरेका छन् । 

लाखौको मनमा बसेका हजारौंलाई सहयोग गरेका भाग्य न्यौपानेले  विजय शाहीको भिडियो सार्वजनिक गरेपछि विवादित बनेका थिए । त्यसपछि उनी कुन क्षेत्रमा कुन अवस्थामा छन्  कसैलाई जानकारी छैन ।


सामाजिक सञ्जाल र विभिन्न सिरियल हरुमा अभिनय गरेर उनले लाखौं जनताको मन जितेका थिए । तिन करोड बढी जनताको साथ पाएका उनी  तात्तातो खबर नामक YouTube channel बाट रता रात चर्चित बनेका थिए । 

उनले  गरेको रिपोर्टिङ  समाजमा घटेका सत्य ,तथ्य  ,यतर्था परक कुरालाई  प्रस्तुत गर्दा  उनको जस्तो प्रस्तुति कसैको देखिएको थिएन । पछिल्लो समयमा विशेष गरेर tiktok र YouTube मा रुचाइएका न्यौपाने  पछिल्लो समय  संपर्क विहिन छन् । 

कसैले न्यौपाने अपहरण मा परेका छन् भन्छन् भने कसैले आफ्नै कारणले  मिडियामा आउन नचाहेको हो कि पनि भन्छन् तर वास्तविक कुरा बाहिर आएको छैन । भाग्य न्यौपानेको गुम गामको खबरले नेपाली समाज यतिबेला मौन भएको छ । खास के कारणले न्यौपाने कलाकारिता र पत्रकारिता क्षेत्रबाट  हराय त  ?  के उनी यो क्षेत्रमा आउँदैनन् त भन्ने प्रश्नले  सबैको मन पोल्न थालेको छ।  

धेरैले यो खबर पर्ती ध्यान दिए पनि सरकारले यो खबर पर्ती कुनै ध्यान केन्द्रित गरेको छैन। नेपाली समाजमा एक उदाहरणीय काम गरेका न्यौपाने एक्कासी हराउँदा तीन करोड नेपाली  चिन्तित भएका छन । यो विषयलाई सरकारले सत्य तथ्य छानबिन गरी बाहिर ल्याओस्  ।


_ सुमन अर्याल अर्घाखाँची ( हाल युएई )

प्रतिक्रिया दिनुहोस्