लायन्स लियो स्टार्सद्धारा वृक्षरोपण कार्यक्रम

| २०७८ सावन ८ गते २१: ५२ मा प्रकाशित

बुटवल। लायन्स क्वल अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनमा बुटवल लक्ष्मी पार्कमा शुक्रबार एक कायक्रमका बिच वृक्षरोपण गरिएको हो। 

कार्यक्रममा चिफ एक्जुकेटिभ अर्जुनमान सैजुले बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन । कार्यक्रमा बोल्दै उनले स्टार्सले राम्रो प्रोजेटको भएको र यसले इन्टरनेशन जगतमा समेत राम्रो सन्देश जाने र उधोग बाट निस्कने धुवा धुलो लाई समेत नियन्त्रण गर्नको लागि सहयोग हुने बताएका थिए । 

 लायन्स क्लबका अध्यक्ष अन्जील खानले स्टार्सले बृक्षरोपण र पार्कमा क्लबको ठुलो प्रोजेक्टका रहेकाले ५ बर्ष अगाडी देखिनै गुरुयोजना अनुसार बिभिन्न पार्क समरक्षण लागेको जानकारी दिए । पर्यटकिय स्थलमध्ये रहेको बुटवल लक्ष्मी पार्क पर्यटन प्रबद्धनको  लागी टेवा पुगोस भन्ने उद्धेश्यले पार्कमा वृक्षरोपण गरिएका लियो स्टार्स का अध्यक्ष बिनोद कुमार जयसवालले बताए ।

 कार्यक्रमको संयोजक रिन्कु लिगले यो बर्ष बिरुवा रोपेर हराबरा गराइने पार्कमा पर्यटक भित्राउन सक्ने बताए । कार्यक्रमा डिपकुटि चिफ तथा संथापक अध्यक्ष संदिप कसौधन,एरिया ४ चिफ जिबन गौतम,एओजि तथा पूर्ब अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, रिजन चेयपर्सन एम एल पाण्डे लगाएत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्