मुसिकोट बासिको मन जितेर काम गर्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल

| २०७८ सावन १४ गते ११: ५६ मा प्रकाशित

एसपी भुसाल।प्रमुख प्रशासकीय अधिकृत, जसले ५ मिनेट भन्दा बढी रोक्दैनन् सेवाग्राहीको सरकारी कार्यालयमा सेवा प्रवाहमा हुने ढिलासुस्ती, आलटाल, अपारदर्शिता र कैयौं ठाउंमा त घुसको मोलमोलाईले सेवाग्राहीहरु वाक्क दिक्क मात्र होइन रुष्ट भएर विवाद–झडप हुने नेपालको सन्दर्भमा नौलो होइन । उसै दिन हुने कामलाई पनि विभिन्न बहाना, कारण बनाएर भोलि पर्सी आउनू भनेर सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति पूर्णरुपमा हटेको छैन । 

अधिकांश सरकारी कर्मचारीहरुमा आफू सेवक होइन शासक हुं भन्ने जानिंदो/नजानिंदो अहमता दीर्घ रोग जस्तै नभएको होइन । यही कारण व्यवस्था बदलिए पनि सरकारी कर्मचारीलाई हेर्ने आम सर्वसाधारणको दृष्टिकोण खासै परिवर्तन हुन नसकेको भन्दै सरकारमा पुगेका दलका शीर्ष नेताहरुले नै बेला बेलामा कर्मचारीको कार्यशैलीमाथि आक्रोश पोख्छन् र प्रहार गर्छन् ।

तर गुल्मीको मुसिकोट नगरपालिका मा  भने सेवाग्राहीहरुले भने ढिलासुस्ती,आलटाल र बहानाबाजीको सास्ती झेल्नुपर्दैन । नगरपालिकामा कर्मचारीको नेतृत्व सम्हाल्न थालेका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले  सेवाग्राहीलाई कुनै बहानामा ढिलासुस्ती नगरी छिटो छरितो सेवा दिने कामको नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वमा नगरपालिकाका सबै कर्मचारीले गर्ने कार्यसम्पादनले मुसिकोट मा  काम लिएर जाने जो कोही सेवाग्राही र नगरवासी पूर्ण रुपमा  सन्तुष्ट छन् । भुसालले कुनै पनि फाइल १०  मिनेट भन्दा बढी रोक्दैनन् । ‘मैले आफ्नो टेबलमा आएका फाइलहरु १० मिनेट भन्दा बढी रोक्दिन, यो मेरो प्रण हो’ भुसाल  भन्छन्–‘कसैलाई ढिला न्याय दिनु अन्याय गरेर सरह हो भन्ने मेरो मान्यता छ, त्यसैले जुनसुकै फाइलका विषयमा ५ मिनेटमै निर्णय गरिदिन्छु ।

कार्यलय  समयमा भन्दा भुसालले  राति ८ बजेसम्म कार्यालयमै रहेर काम गर्छन् । ढिलासुस्ती र बहानाबाजी गरेर कसैलाई दुःख दिनु हुंदैन आफ्नो कार्यशैली सुशासन र पारदर्शितालाई प्रवद्र्धन गर्ने र सेवाग्राहीलाई सन्तुष्ट बनाई सरकार र कर्मचारीप्रतिको विश्वास बढाउने रहेको प्रमुख प्रशासकीय अधिकृत भुसालको दाबि छ  । ‘जनताको करबाट तलब खाने हामी कर्मचारी सांचो अर्थमा जनता र सेवाग्राहीको सेवक र सहयोगी बन्नुपर्छ’भुसालको दाबि छ  उनी भन्छन हामीले सेवाग्राहीलाई सम्मान गर्नुपर्छ, हामीले आफूलाई शासक ठान्न हुंदैन, कसैले पनि सेवाग्राहीलाई नजरअन्दाज र भेदभाव गर्नुनुहुन्न ।’

सेवाग्राहीको सजिलोका लागि कार्यालय गेटमै हेल्प डेस्क राखिएको र त्यहां एकजना कर्मचारीले के कस्तो कामका लागि आएको भनेर सेवाग्राहीलाई सोधपुछ गरी सम्बन्धित शाखामा जान कोठा नम्बर सहित जानकारी दिने व्यवस्था मिलाएको भुसालले जानकारी दिए ।

सीसीटीभीबाट कर्मचारीको निगरानी

प्रमुख प्रशासकीय अधिकृतले आफू मातहतका कर्मचारीले काम गरे नगरेको निगरानी आफ्नै कार्यकक्षमा रहेको सीसीटीभी स्क्रिनबाट निगरानी गरिरहन्छन् । यसले कर्मचारीले सेवाग्राहीको काम के कसरी गरिदिएका छन् वा ढिलासुस्ती गरेका छन् भन्ने सहजै थाहा हुने खिमानन्द भुसाल  बताउंछन् ।
नगर प्रमुख, उप-प्रमुख,शाखा प्रमुखहरुसंग सिग्नेचर गर्नुपर्ने वाहेकका काम अाफुले सम्पन्न गरिदिने भुसालको भनाइ छ । ‘यसो गर्दा आफूहरु पनि अरुको कोठा कोठा धाउनु परेन,समयको वचत पनि हुने भयो’ भुसालले भने–‘यसले गर्दा एउटा शाखाका कर्मचारीहरु अनावश्यक रुपमा अर्को शाखामा गएर समय बिताउने र सेवाग्राही कुरेर बसिरहनुपर्ने वाध्यताको पनि अन्त्य हुन्छ ।’भन्ने हिसाबले यसरी काम गरेको छु भुसालको भनाइ छ ।

नगरपालिकासंग सम्बन्धित कामले  पोखरा बाट आइपुगेका सेवाग्राही प्रबिण केसि ले  भने–मैले धेरै नगरपालिकासंग काम गरें तर मुसिकोट नगरपालिका मा जस्तो प्रमुख प्रशासकीय अधिकृत  जस्तो अन्त पाईदैन  । मुसिकोटमा  प्रशासकीय अधिकृतले आफू र आफू मातहतका कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार बनाएको आफूले पाएको र कार्यसम्पादन वैज्ञानिक र व्यवस्थित देखेको अनुभव गरेको केसिले सन्चारक्रमि लाई बताऐ ।

प्रमुख प्रशासकीय अधिकृत भुसालले  आफ्नो सेवाको बांकी अवधि सरकारी सेवालाई अझै छिटोछरितो,पारदर्शी बनाउंदै सुशासन प्रवद्र्धनमा योगदान गर्ने लक्ष्य रहेको बताए ।

मुसिकोट  नगरपालिकाका प्रमुख सोमनाथ साप्कोटा प्रमुख प्रशासकीय अधिकृत उपसचिव भुसालले सेवाग्राहीमैत्री कार्यसम्पादन जनप्रतिनिधि हरुसगको ब्याभारिक शैलीले जनप्रतिनिधिप्रति जन विश्वास बढाएको भन्दै खुलेर प्रसम्शा गर्छन  ‘उहांको कमममा खोट लगाउने ठाउं छैन,बरु उहांको सिर्जनशीलता र सेवाग्राहीलाई छिटो सेवा दिएर सन्तुष्ट बनाउनुपर्छ भन्ने प्रणलाई अरु कर्मचारीले अनुशरण गर्नुपर्छ भन्ने मान्यता हो भन्दै मुसिकोटका नगरप्रमुख सोमनाथ साप्कोटा ले यस्तो कार्यलय प्रमुख अहिलेसम्म नगरपालिका ले नपाएको भन्दै बिकास निर्माणका काम ले पनि तिब्रता पाएको बताउछन । भुसालले मुसिकोट बासिको पुर्ण रुपमा मन जित्न सफल भएका छन भुसाल त्याहा गएर हाजिर भएपछि धेरै राम्रो काम भएको जनप्रतिनिधि स्थानिय बासिहरु बताउछन । त्यसो त मुसिकोट नगरपालिका गुल्मी अहिले सबै स्थानीय तह मध्ये सबैभन्दा धेरै समयमा काम गर्ने सो मुल्यांकन मा पनि उत्कृष्ट नगरपालिका हो जहाँ कुनै रकम फ्रिज हुदैन सबै काम समयमा सकिएका छन प्रशासकीय अधिकृतको रुपमा मुसिकोट हाजिर भएपछि त्याहाको बिकास ले फड्को नै मारेको छ जहाँ शुसासन पारदर्शिता लाई पहिलो प्राथमिकता मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्