गुल्मीको मालिका र इस्मामा चट्याङ पर्दा दुई जनाको मृ'त्यु

| २०७८ सावन २८ गते १०: ४३ मा प्रकाशित

गुल्मी।गुल्मीको इस्मा र मालिका गाउँपालिका मा चट्याङबाट दुईजनाको ज्यान गएको छ ।

चट्याङले इस्मा गाउँपालिका वडा ४ का ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार हुँदै छ। त्यस्तै मालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्