नेपाल कम्युनिस्ट पार्टी एमाले कपिलवस्तुका युवा नेता राजेन्द्र अर्याल नेपाली कांग्रेसमा प्रवेश

| २०७८ सावन ३१ गते २१: ४४ मा प्रकाशित

कपिलवस्तु। विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी एमालेमा राजनीति गर्दै आएका कपिलवस्तुका युवा नेता राजेन्द्र अर्याल नेपाली कांग्रेस प्रवेश गर्नु भएको छ ।

वर्तमान परिस्थितिमा एमालेमा देखिएको किचलोबाट विरक्त भएर नेपाली जनताको पार्टी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको उहाँले बताउनु भयो । कार्यक्रममा तरुण दल नगर सभापति सुरेन्द्र सेन (सुरेश) सेन ले पार्टी सदस्यता हस्तान्त्रण गर्नु भएको थियो साथै उहाँलाई तरुण नगर सचिवको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा तरुण दल नगर सभापति सुरेश सेन, उद्योग वाणिज्य विभागका केन्द्रीय सदस्य तिलक राम पाण्डे, युवा नेता बिशाल अधिकारी लगायत लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्