गुल्मीमा लकडाउन खुकुलो पारियाे

| २०७८ सावन ३२ गते २०: २१ मा प्रकाशित

गोकर्ण पाण्डे। गुल्मी।गुल्मीमा लकडाउन खुकुलो बनाईएको छ ।अघिल्लो हप्ता जारी गरिएको लकडाउन तथा निषेधाज्ञा थप खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

 संक्रमणको दर नघटेपनी लकडाउन भने खुकुलो बनाइएको छ ।जसमा जिल्लाभर पसल, बैक र बित्तिय संस्था दिउँसो ३ बजेसम्म खुल्ने भएका छन्।त्यस्तै 
होटलहरुपनि दिउँसो ३ बजेसम्म खुल्न पाइने भएको छ ।

भने निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतब्यमा पुग्ने गरी चल्न पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । तर गुल्मीमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ।

तर, लकडाउन खुकुलो पारेर खुल्ला सरह बनाइएको छ । जसका कारण सर्वसाधारणमा फेरि पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्