एमालेका ९ नेताकाे संयुक्त आह्वान-पार्टी एकता जाेगाउन सक्रियताका साथ योगदान गराैं (विज्ञप्तिसहित)

| २०७८ भदौ ४ गते २२: ३८ मा प्रकाशित

माधव नेपाल समूहमा यसअघि खुलेका एमालेका ९ जना नेताले पार्टी एकता जाेगाउन  पुनः आह्वान गरेका छन्।
शुक्रबार राति संयुक्त वक्तव्य जारी गर्दै नेताहरूले पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को भूमिकालाई कायम राख्न पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई सक्रियताका साथ योगदान गर्न आह्वान गरेका हुन्।

उनीहरूले वक्तव्यमा माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् । यता,  माधव नेपालले पनि दल दर्ता प्रक्रियालाई स्थगित गर्नुपर्ने उनीहरूकाे माग छ।

यस्तै कार्यदलले तयार पारेकाे १० बुँदे सहमति तत्काल कार्यान्यन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

‘पार्टी विभाजनबाट कसैको पनि हित नहुने तथ्यलाई मनन गर्दै पार्टी अध्यक्षको तर्फबाट बिबेक र जिम्मेवारीबोधका साथ १० बुँदे सहमतिलाई यसको अक्षर र भावना अनुरुप तत्काल कार्यान्वयन गरियोस् । साथै बरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कार्वाई फिर्ता गरियोस् र उहाँहरुबाट पार्टी खोल्नको लागि निर्वाचन आयोगमा शुरु गरिएको प्रक्रिया तत्काल रोकियोस् भनी हामी हार्दिक आग्रह गर्दछौँ,’ वक्तव्यमा भनिएकाे छ।

उनीहरूले पार्टी विबादको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा जोड दिएका छन्।

विज्ञप्ति

श्रोत:-  सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्