जन्म दिन को शुभ अवसरमा आर्थिक सहयोग

| २०७८ भदौ ९ गते २२: ३२ मा प्रकाशित

हरि कुँवर, काठमाडौं । हेम एण्ड माया फाउन्डेसन का संस्थापक अध्यक्ष तथा बरिस्ठ समाज सेवि हेम थापा ले आफ्नो जन्म दिनको शुभ अवसरमा आर्थिक सहयोग गरेका छन ।

बरिस्ठ समाज सेवि हेम थापा ले आफ्नो जन्म दिनको शुभ अवसरमा एक लाख दस हजार आर्थिक सहयोग गरेका हुन ।

बरिस्ठ समाज सेवि थापा लाई उनका शुभचिन्तकहरु ले सामाजिक संजाल मार्फत शुभकामना दिरहेका छन ।  पछिल्लो समय जन्म दिनमा फजुल खर्च गर्ने होडबाजि चलीरहेको बेला बरिस्ठ समाज सेवि हेम थापा ले दिनदुखी गरिब लाई प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आर्थिक सहयोग गरेर मनाएका हुन । 

जन्म दिन को शुभअवसरमा

सुर्य प्रसाद प्याकुरेल भाइ लाई ५०,०००( पचास हजार ) मिलन श्रेष्ठ लाई १०,०००( दस हजार ) ममता को अभियानमा १०,०००( दस हजार ) मिनाको अभियानमा १०,०००( दस हजार ) तुलसा कार्कि लाई १०,०००( दस हजार ), चेनिसा बोहरा १०,०००(दस हजार) र घनश्याम लाई १०,०००( दस हजार ) गरि एक लाख दस हजार रूपैया आर्थिक सहयोग गरेका हुन। 

सदैव आर्थिक अभाव को कारण छाक टार्न नसकेका असहाय अशक्त र विपन्न परिवार लाई थापाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्