पुर्वपश्चिम लोकमार्गको देवदहमा पुल भासियो, सवारी आवागमन ठप्प

| २०७८ भदौ ११ गते १७: २९ मा प्रकाशित

बुटवल। विहिवार वेलुका देखि परेको अविरल वर्षातका कारणका पुर्व पश्चिम लोकमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।

वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए । प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ ।

कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्