किन गरिन्छ मन्दिरको परिक्रमा

| २०७८ भदौ १२ गते ०५: ५७ मा प्रकाशित

हिन्दुहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ ।

के हो त यसको कारण ? खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं ।

मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।

मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।

परिक्रमाको अर्को नाम प्रदक्षिणा हो । परिक्रमालाई प्रार्थनाको अभिन्न अंग मानेका छन् शास्त्रहरूले । परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।

प्रतिक्रिया दिनुहोस्