सराेकारवालाहरुसंगकाे बैठक तथा छलफल कार्यक्रम सम्पन्न

| २०७८ भदौ १२ गते ०६: २८ मा प्रकाशित

बाबुराम रसाइली अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वय र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको आयोजनामा कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा सरोकारवालाहरुसंगको एचआईभी तथा टिभी रोगको बारेमा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम एचआईभी तथा टिभी रोग प्रोजेक्ट कोडिनेटर जे.नी भट्टराईले एचआईभी तथा टिभी रोगको समुदाय स्तरमा हुने जोखिम, चेकजाँच, सिफारिस, त्यसबाट आउने चुतौतिको बारेमा उपस्थित सरोकारवालाहरुसंग बैठकमा बृहत छलफल भएको थियो । उक्त बैठक तथा कार्यक्रम विशेष गरी भारतबाट आउने व्यक्तिहरुको लागि र विपन्न महिला, वालवालिका, बेरोजगार युवा, जेष्ठ नागरिक, अपाङ्गहरुलाई लक्षित गरी संचालन गरिएको समेत बताइन त्यस्तै कार्यक्रममा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका कार्यकारी निर्देशक विजय श्रेष्ठले संस्थाको उद्देश्य, ईतिहास, कार्यप्रतिवेदन माथि प्रकाश पार्नुभएका थिए भने उनले प्युठान जिल्लामा पहिलो पटक २०३६ सालमा दर्ता भएको गैरसरकारी संस्था हो भन्ने पनि जानकारी दिएका दिए । बैठकमा प्रजिअ पौडेलले कार्यक्रम संचालन गर्दा जिल्लाका ६ वटा स्थानीय तह र वडासंग समन्वय गरेर तथ्याङ्क संकलन गर्ने र स्वंयम आफूपनि परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँची प्रमुख पुष्पा थापाको अध्यक्षता, प्रमुखि जिल्ला अधिकारी विष्णु पौडेलको प्रमुख आतिथ्यता, डि.एस.पी. अमर थापाको विशिष्ट आतिथ्यता, स.प्र.जि.अ. विष्णु खनाल, डा. जिल्ला अस्पताल अर्घाखाँचीका सूचना अधिकारी डा. जगदिश शर्मा, स्वास्थ्य कार्यालय अर्घाखाँची एचआईभी तथा टिभी रोगका फोकल परसन विजय वि.क., पत्रकार महासंघ जिल्ला सदस्य बाबुराम रसाईली, गै.स.स.का जिल्ला अध्यक्ष ठाकुर अधिकारी, स्वास्थ्य कार्यालय अर्घाखाँचीका विभिन्न विभागका प्रतिनिधि ज्युहरु लगायतको विशेष उपस्थिति र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र अर्घाखाँचीको कार्यक्रम अधिकृत गीता भुसालको संचालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्