बाटो नबनाएको भन्दै गाउँपालिका अध्यक्षको कठालो समाते जनताले

| २०७८ भदौ १२ गते १५: ३५ मा प्रकाशित

एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षलाई कलर (क’ठालो) समातेका छन् ।

बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हा’त,पा’त गरेका छन् । 

मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेको हो ।स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको थियो ।source- sudhar media

प्रतिक्रिया दिनुहोस्