संसद विघटन गरेर नयाँ जनादेशमा जानु लोकतान्त्रिक थियो : टोपबहादुर रायमाझी

| २०७८ भदौ २० गते १९: ५७ मा प्रकाशित

काभ्रे । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा (एमाले) को स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझीले तत्कालीन ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको बताएका छन् ।

शनिबार बनेपामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर नयाँ जनादेशमा जानु लाकतान्त्रिक रहेको बताए ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने। नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।’

त्यसपछि उनले तत्कालीन आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खैरो खने । माधव नेपाललाई विपक्षी दलको पुच्छर समात्ने नेता भनेर आरोप लगाए।

साथै, नेकपादेखि एमाले फुटाउनेलाई इतिहासले पनि माफी नदिने उनको भनाइ थियो । अहिले फेरि एमाले फुटाउनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको प्रति खबरदारी गरे ।

यसैगरी देशमा अब दुई वटामात्र पार्टी हुने पनि उनले बताएका छन् । उनका अनुसार अब देशमा एमाले र कांग्रेस मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्