एमसीसीविरुद्ध ऐक्यवद्धता जनाउन भदौ २२ गते भारतब्यापी प्रदर्शन हुने

| २०७८ भदौ २१ गते १४: २१ मा प्रकाशित

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाको आयोजनामा भदौ २२ गते देशब्यापी आयोजना हुन लागेको एमसीसीविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जाहेर गर्दै भारतमा पनि प्रदर्शनको तयारी गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न नगर र क्षेत्रमा विरोध प्रदर्शन, सभा तथा भर्चुअल सभाको आयोजना गरिएको छ ।

भारतका करिब ३५ स्थानमा मंगलबार एकै दिन प्रदर्शन तथा सभाको कार्यक्रम आयोजना गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ । कार्यक्रममा समाजका केन्द्रीय तथा क्षेत्रीय समितिका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस क्रममा मध्यदक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा हैदरावाद र पश्चिम भारतको वापीमा प्रदर्शनको तयारी गरिएको छ । यस्तै, दक्षिण भारतमा मंगलबार साँझ ६ बजे भर्चुअल सभा हुने छ ।

यसैगरी राजधानी नयाँ दिल्ली, गुडगाव, तारापुर, जयपुर, अलिवाग, भिवडी, बेंगलोर, श्रीगंगानगर, कानपुर, हिसार, मध्य भारत, लुसधियाना फोकल प्वाइन्ट, चण्डीगड, भिवानी, करनाल, रोपड, जालन्धरलगायत स्थानमा प्रदर्शनको तयारी गरिएको छ ।

यस्तै, पूर्वी भारतको भूवनेश्वर, मध्य भारतको भोपाल, पूर्वोत्तरको लाड्रुमवाई, कोइमा र ज्वाई र हिमाञ्चलाको सोलनमा प्रदर्शन गरिने मूल प्रवाहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्