गुल्मीमा भदौ ३१ गते सम्म निषेधाज्ञा थप,सम्पूर्ण पसल व्यवसाय खुल्ने

| २०७८ भदौ २२ गते १५: ५७ मा प्रकाशित

गुल्मी।गुल्मीमा लकडाउन खुकुलो बनाईएको छ ।अघिल्लो हप्ता जारी गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा पसल व्यवसाय, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने व्यवस्था थियो ।

गत वैशाख १७ गतेदेखि निरन्तर जारी गरिँदै आएको निषेधाज्ञा कोरोना संक्रमणको अवस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अवधिमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्