कृति कन्स्ट्रक्शनले बनाएकाे गुणस्तरहीन सडक ३ महिनामै भत्कियाे(भिडियो सहित)

| २०७८ भदौ २४ गते १६: ५६ मा प्रकाशित

शहबाज खान/कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका शिक्षा स्वास्थ्य तथा बाटो घाटोमा पछाडिएको नगरपालिक रहेको छ। कृष्णानगर नपा भित्र रहेका अधिकांश सड़कहरु बिग्रिएको अवस्थामा रहेको छन्।
 
यदि कहि कतै सड़क निर्माण कार्य शुरु भको छ भने ठेकेदारहरुको लापरवाहीको कारणले समय भन्दा पहिलै भत्किना लागेका हुन्छन्।

कृष्णनगर नगरपालिकाको वडा नं.५ अन्तर्गत रहेको सडक पुरुषोतमपुरदेखि बगही जाने सडक करीब ३ महिना पहिला कृति कन्ट्रक्सन प्रा.लि.जितपुर ४ नम्बर कपिलवस्तुका प्रोप्राइटर कृष्ण सापकोटाले कालो पत्रे सड़क निर्माण गरेका थिए। ३महिना‌ पहिला निर्माण भएको कालो पत्रे सड़क भत्किएको छ।

केही दिन पहिला कालो पत्रे सड़कमा घास उम्ररिएको र सड़क भत्किएको कुरा सोशल मिडियामा आएपछि सम्बन्धित ठेकेदारले घास उम्रिएक़ो र भत्किएको सड़कको पुनः मर्मत गरेको स्थानिय बासिन्दाहरुले बताउने गरेका छन्। मर्मत गरेको ठाउ र अन्य ठाउहरुमा फेरि सड़क भत्किएको र घास उम्रिएको देखेर स्थानिय जनताहरु चिन्तित भएका छन्। 

 सड़क बनाउदा गुणस्तरहीन समाग्री प्रयोग गरेको कारणले छिटै कालो पत्रे सड़क भत्किन गरेको र  ७६ लाख ९०हजारको लागतमा ९०० मीटर लामो तथा ५.५मीटर चौडा बनेको कालो पत्रे सड़क निर्माण भको ३ महिना भित्रै भत्किदा सम्बन्धित निकायका प्राविधिक तथा ठेकेदारको मिलोमातोमा गुणस्तरहीन बनेको शंका समेत लागि रहेको स्थानियहरुको भनाई रहेको छ। सडकको छेउमा रहेको खेतबाट ठेकेदारले मनमानी ढंगले माटो खन्ने गरि सड़क पटान गरेको स्थानियले आरोप समेत लगाएका छन्।

कृष्णनगर नगरपालिकाका इन्जिनीयर प्रदीप कुमार चौधरीका अनुसार नगरपालिकाले सम्बन्धित ठेकेदारलाई भत्किएको कालो पत्रे सड़क पुनः बनाउनको लागि पत्र समेत काटिसकेको छ र एक बर्ष भित्र यदि उक्त सड़क भत्कियो भने पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको चौधरीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्