एमाले सांसदको हातहातमा काँधकाँधमा माननीय

| २०७८ भदौ २५ गते २०: १७ मा प्रकाशित

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन् । उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि कटौती गरेका छन् ।

अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरिरहँदा वेलमा नाराबाजी गरिरहेका सांसदहरुले भने केही सांसदलाई उचालेर रोष्ट्रममा पुर्‍याउने प्रयास समेत गरेका छन् ।

मर्यादापालकहरुले छेकेका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पनि पालैपालो चार जना सांसदलाई हातहात, काँधकाँधमा उचालेर रोष्टममा पु¥याउने प्रयास गरे । यदि उनीहरु रोष्टममा पुगेको भए अर्थमन्त्रीको माइक खास्न सक्थे ।

उचालिने सांसदहरु हुन्– गंगा चैधरी सत्गौवा, नरबहादुर धामी, नारमुनी राना र आशा विक ।

गृहमन्त्रीको माइक तानियो

नाराबाजी गरिरहेका एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेका छन् । एमालेका एक सांसदले गृममन्त्रीको माइक झिकेर रोष्ट्रमतिर हान्न खोजेकी थिइन् । तर एमलेकै अरु सांसदले उनलाई रोके ।

प्रधानमन्त्री लगायत केहीको टेबुलमा रहेको माइकहरु सांसदले झिकेर आफैं लुकाए ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्