बहराइन कामदारहरुको समस्या प्रति नेपाली राजदुतावास बहराइनलाई संयुक्त रुपमा मौखिक ध्यानाकर्षण

| २०७८ भदौ २८ गते ११: ३४ मा प्रकाशित

बहराइन ।बहराइन बाप्को प्लान्ट भित्र Nasser Saeed Al – Hajri Corporation ( NSH ) कम्पनिका कामदारहरुको समस्या र समाधान  प्रति नेपाली राजदुतावास बहराइनलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टीको बहराइन बिदेश स्थिति संगठनहरु बाट संयुक्त रुपमा मौखिक ध्यानाकर्षण गराएको छ । 

बहराइनमा नेपाली कामदारहरु समेत प्रभावित हुन गई कुटपिट गरि जिउ धनको असुरक्षा भएको विषयमा नेपाली कामदारहरुको स्थिति र कामदारहरुको समस्या समाधान साथै कम्पनि व्यावस्थापन संग नेपाली राजदुतावासको पहल गर्नु पर्ने संगठनहरु बाट संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा लेखिएको हो ।

कामदार स्वदेश फर्कन चाहेको अवस्था हवाई टिकट समेत उपलब्ध गराउनुपर्ने  नेपाली जनसम्पर्क समिति बहराईनका सभापति
पदम सुन्दर गुरुङ , नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष युवराज के.सी. , नेपाली समाज बहराईनका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बु को हस्ताक्षर गरेको  संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा लेखिएको छ ।

बहराइन नेपाली कामदारहरुको रोजगारी हक अधिकार र सुरक्षा को लागी संगठनले सहकार्य गर्दै आएको जनप्रगतिशिल मंच बहराइनका अध्यक्ष युवराज के.सी. ले बताए । 


प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्