गुल्मीमा महसुल नबुझाउने ग्राहकहरुको लाइन काटियो

| २०७८ भदौ ३० गते २०: ०४ मा प्रकाशित

गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए । 

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।

Rato pati

प्रतिक्रिया दिनुहोस्