सुर्खेतमा गाडी दु'र्घ'ट'ना, ११ घा'इ'ते, ५ को अवस्था गम्भीर

| २०७८ भदौ ३० गते २०: ५१ मा प्रकाशित

वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दु'र्घ'ट'ना हुँदा ११ जना घा'इ'ते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दु'र्घ'ट'ना भएको थियो ।

उक्त दु'र्घ'ट'नामा घा'इ'ते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घ'ट'ना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पुर्याएको उनले बताए ।

प्रहरीका अनुसार उपचार गराइरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन् । दु'र्घ'ट'ना पश्चात् फरार गाडी चालकको खोजी भइरहेको र वीरेन्द्रनगरभित्र सो दु'र्घ'ट'ना कसरी भयो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्