भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

| २०७८ असोज ३ गते ००: १२ मा प्रकाशित

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । 

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । 

भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । 

सोही प्रस्तुतिका करण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । 

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए । 

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए । 

सो अवसरमा आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको बताए । कार्यक्रमले देशलाई संसारसँग जोडेको पनि उनले धारणा राखे ।

Rato Pati

 

प्रतिक्रिया दिनुहोस्