अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सफल

| २०७८ असोज ९ गते २३: ०३ मा प्रकाशित

गुरुदेव खनाल, पोखरा । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विगत चार दिनदेखि पोखरामा जारी राष्ट्रिय सम्मेलन शनिबार साझ सकिएको हो । देशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी सम्मेलनको बन्द सत्रबाट संगठनको अध्यक्षमा प्रकाश शाहीलाई निर्वाचित भएका छन् ।

शुक्रबार सेती–महाकाली, भेरी–कर्णाली, राप्ती, लुम्बिनी, गण्डक, धौलागिरि, नारायणी, उपत्यका, ताम्सालिङ, जकपुर, सगरमाथा, मेची–कोसी ब्युरो भूगोलका ७७ जिल्लाका प्रतिनिधिहरूले चयन गरेका संयोजकले साङ्गठनिक प्रतिवेदन र विधानमाथिको रिपोर्ट प्रस्तुत गरेका थिए ।यस्तै गैरभौगोलिक जिल्लाका रूपमा रहेका आईटी विभाग, कृषि विभाग, इन्जिनियरिङ विभाग, मेडिकल विभाग, सीटीईभीटी, केन्द्रीय कार्यालय, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत जिल्ला र विभागका प्रतिनिधिले पनि आआफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सम्मेलनबाट निर्वाचित कमिटीलाई नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सदस्यहरू शिलु, मिलन, अटल, एटमलगायतका नेताहरुले शुभकामना ब्यक्त गरेका छन्।सम्मेलनबाट निर्वाचित कमिटीले नेकपाले लिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अनुसार आफ्ना गतिविधिलाई लागु गर्ने र शैक्षिक आन्दोलनमा संगठन केन्द्रित हुने नव निर्वाचित अध्यक्ष प्रकाश शाहीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्