गुल्मीमा चितुवाको छालासहित एक जना पक्राउ

| २०७८ असोज १३ गते १९: ३६ मा प्रकाशित

राधा पोख्रेल,तम्घास। गुल्मीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन ।जिल्लाको छत्रकोट गाउपालीकाको लुम्छामा रहेको घिमिरे होटल ऐण्ड लजमा चितुवाको छालाको कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोली खटी गई चेकजाँच गर्ने क्रममा होटलको कोठा बाट चितुवाको छालासहित छत्रकोट गाउपालीका वडा नंम्बर २ भेडुवा बस्ने गणेश खनालको छोरा बर्ष २७ को सुमन खनाललाई पक्राउ गरिएको हो ।

यस्तै मोतिलाल सार्कीको छोरा बर्ष ३१ को हरि बहादुर सार्की ले सोही रुममा लुकाई छिपाई राखेको चितुवाको छाला थान –२ समेत फेला पारी परेको छ ।उनलाई पनि २ थान चितुवाको छालासहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी सब–डिभिजन बन कार्यालय रिडी गुल्मी सँग आवश्यक संमन्वय भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्