बाँगीका बस्नेत विदेश त्यागेर स्वदेशमा व्यवसाय

| २०७८ असोज २० गते २१: २९ मा प्रकाशित

हरि कुँवर , काठमाडौं ।अर्घाखाँची सेवा समाज कतारका तत्कालीन संस्थापक सदस्य तथा समाजसेवी रेमबहादुर बस्नेतले आफ्नै व्यवसाय सुरु गरेका छन । 

मालारानी-५ बाँगीका बस्नेतले चन्द्रगीरी -८ काठमाडौं मै विभिन्न प्रकारका आफ्नो शुद्ध प्याकेट  GRBS मसला उद्योग सन्चालनमा ल्याएका हुन । मसला उद्योगमा ६ जना लाई रोजगारी दिरहेका छन। 

रोजगारीको सिलसिलामा २२ बर्ष अगाडि कतार प्रवासमा छरिरहेर रहेका अर्घाखाँची जिल्ला बासीहरुलाई एकजुट गराउनको निम्ति "अर्घाखाँची सेवा समाज कतार" स्थापना गर्दा  संस्थाको सदस्य रहेर सामाजिक कार्य गर्दै आइरहेका थिए । 

स्वदेश भएका युवा विदेश जाने विदेश गएकाहरू फर्केर स्वरोजगार बन्नेक्रम पनि बढ्दो छ। हरियो पासपोर्ट त्यागेर परिवार संग व्यवसायमा रमाउन पाउदा थप उत्साहित भएका छ्न । युवाहरूलाई विभिन्न व्यवसायमा सरकार र गैरसरकारी संस्थाले दिने अनुदान, सीप र दीर्घकालिन आम्दानीका श्रोतमा चासो दिनसके र युवा शक्ति रोक्न सकियो भने उत्पादनमा झन् वृद्धि ,देश आत्मनिर्भर समृद्ध हुन सक्ने बस्नेत बताउछन ।

प्रतिक्रिया दिनुहोस्