आज देखी महान पर्व दशैँ सुरु : घटस्थापना

| २०७८ असोज २१ गते १२: ०८ मा प्रकाशित

काठमाडौं ।नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ।

आज बाट बडादसैँ नवरात्री सुरु भएको हो । आजैदेखि कोठा लिपपोत गरि दियो, कलश , जमरा र देविदुर्गा को तस्बिर राखी विधिपूर्वक सुरु गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ११:४६ बजे रहेको छ । असोज २९ गते देवी विसर्जनको साइत बिहान ८:१९ बजे रहेको छ भने टीका प्रसाद ग्रहणका लागि साइत १०ः०२ बजेको उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्