सन्चारको बिकासका लागि नगरपालिका ले कुनै कसुर बाकि राख्दै प्रमुख प्रशासकीय अधिकृत : खिमानन्द भुसाल

| २०७८ असोज २२ गते १०: ४८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत  उपसचिव खिमानन्द भुसालले सन्चार क्षेत्रको बिकासका लागि स्थानिय सरकारले कुनै कसुर बाकि नराख्ने बताउनु भएको छ । 

सामुदायिक रेडियो पुस्पानजलि ले वामिटक्सार गुल्मिले अायोजना गरेको दशैतिहार विशेष शुभकामना अार्दानप्रदान कार्यक्रममा बोल्दै  उपसचिव भुसालले सामुदायिक  रेडियोहरु  जनताको आवाज  जस्ताको तस्तै बोल्ने रेडियोको रुपमा स्थापित हुँदै सञ्चार क्षेत्र को भावना अनुरुप अगाडी बढेमा मात्रै सफलता हासिल गर्न सक्ने बताउदै प्रमुख प्रशासकीय अधिकृत भुसालले विशेष गरी सामुदायिक रेडियोहरु समुदायकै सम्पत्ति भएकाले रेडियोले प्रशारण गर्ने समाचार लगायतका अन्य कार्यक्रमहरु निष्पक्ष र समयसापेक्ष तथा सबै जनमानसले बुझ्ने सरल सिष्ट खालको हुनुपर्नेमा जोड दिनु भयो।

भुसालले  नगरकै सम्पतिको रुपमा रहेको रेडियोको स्तरवृद्धि र अन्य सहयोगका लागि नगरपालिका ले कुनै कसुर बाकि नराख्ने बताउदै अाफु मिडिया सग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।भुसाल मुसिकोटमा गएपछि त्याहाका जन्ताले निकै सहज सरल सेवा पाईरहेका छन । शुभकामना अार्दान प्रदान कार्यक्रममा  रेडियोका ,सल्लाहकारहरु अग्नीधर लोहोनी,कल्पना घिमिरे, शेयर सदस्य सदस्य झविलाल भण्डारी शेयरसदस्यहरु माधव खरेल,भिमलाल सापकोटा,पूर्व कार्यकारी प्रमुख महेश्वर घिमिरे,रेडियोका समाचार प्रमुख सागर भण्डारी लगायतले बोल्दै रेडियोले विभिन्न चरणहरु पारगर्दै हाल आफ्नै भवनबाट सञ्चालन हुन सफल भएको भन्दै सबैको मेहनत र सहयोगले यो सम्भव भएको बताउनुभएको थियो । साथै रेडियोले निष्पक्ष समाचार र जनताको आवाज बोल्ने प्रयत्न गरेको भन्दै आगामी दिनमा अझै कमीकमजोरी भएका कुराहरुलाई सुधार गर्दै लैजाने बताउनुभएको थियो ।

कार्यक्रम रेडियोका अध्यक्ष दिनेश खातिको अध्यक्षता उपाध्यक्ष विवेक काफ्लेको स्वागत एवम् सचिव सुन्दर प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्