बुटवल मोतिपुर घटनामा पत्रकारमाथिको आक्रमणप्रति प्रेस युनियन रुपन्देहीको आपत्ति

| २०७८ असोज २४ गते २३: १० मा प्रकाशित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवल उपमहानगरपालिका–१७  स्थित मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सर्वसाधारण नागरिक विच भएको झडपका क्रममा सञ्चारकर्मीमाथी भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण गरेको छ ।

आईतबार सभापति रेखा भुसाल र सचिव श्यामशंकर पाण्डेद्वारा प्रेस विज्ञप्तीमा स्वतन्त्रतापूर्वक जनतालाई सूसुचित गराउन समाचार संकलनको लागि पुगेका पत्रकारमाथिको आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको उल्लेख छ । 

यस्तै निर्वाद रुपमा पेशागत कर्म गर्ने वातावरण निर्माणका लागि युनियनले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । साथै युनियन रुपन्देहीले घाईते हुने पत्रकारहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्