मुगुको पिनाटपने खोलामा बस दुर्घटना हुँदा २४ को मृ'त्यु

| २०७८ असोज २६ गते १६: ५९ मा प्रकाशित

काठमाडौं, २६ असोज । मुगुको पिनाटपने खोलामा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । आज भएको घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


भे १ ख ३१६७ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा घटना भएको हो । दुर्घटनामा परेको बसमा दशैं मनाउन घर जान लागेका यात्रु भएको बुझिएको छ।

बस नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीतर्फ गइरहेको थियो । घटनास्थलमा उद्धार कार्य भइरहेको बुझिएको छ ।

घटनाबारे छानविन समेत बढाइएको छ । १४ जना घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकोप्टरमार्फत् समेत उद्धार गरी अस्पताल पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्