दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

| २०७८ असोज ३१ गते १६: ४५ मा प्रकाशित

असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् ।

घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो । १५ र १६ वर्षका तीन चेलीहरुलाई बलात्कार गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् ।

सामूहिक बलात्कारको घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । फरारहरुको खोजी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्