प्रचण्डको प्रश्न- हु इज केपी ओली ?

| २०७८ कार्तिक १ गते १७: २४ मा प्रकाशित

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै उनले न्याय निष्पक्ष भयो त भनेर प्रश्न गरेका थिए ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले भने प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताए । उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गर्दै भने, ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ ।

अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’

उनले अघि भने, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’

संविधानको धारा ७६(५ सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए । उनले अघि भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । ’

‘कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफैं । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे ! मेरो सेटिङमा नेपाल चलेको भए त ‍‍‍‘?’ प्रचण्डले भने ।

प्रचण्डले प्रश्न गरेका छन्, ‘हु इज केपी ओली ?’nepal trending बाट 

प्रतिक्रिया दिनुहोस्