साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

| २०७८ कार्तिक १ गते १७: २८ मा प्रकाशित

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्