पर्वको बेला फोरजी त के मोबाइल नेटवर्कनै हुदैँन

| २०७८ कार्तिक १० गते २२: ५६ मा प्रकाशित

काठमाडौं ।  जब पर्वहरु आउन थाल्छन् गाउँमा फोरजी सेवा मोबाइलत के फोनमै नेटवर्क हुदैन । नेटवर्क समेत व्यस्तताको कारण समस्या आइ लाग्छन् । 4 g सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका भएपनी प्राप्त टावर नहुदा समस्या गाउँमा आइपरेका छन । एक करोडले चलाउँछन् फोरजी, एनसेल अगाडि टेलिकम पछाडी परेको छ । प्रयोग कर्ताका अनुसार लोड भार धेरै भएको हुदा नेटवर्क नहुने 4G नहुने कल विचमै काटिने समस्या देखा परेका छन ।

नेपालमा तीनवटा कम्पनी छन तर बजार भने एनसेल एन टिसी रहेको देख्न सकिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको  भएपनि नेटवर्कका टावर भने विस्तार हुन सकेका छैन् । यस्तै एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ ।

 प्राधिकरणको तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन् ।  अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन् ।

प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७/७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन् । टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।

त्यस्तै एनसेलले २० लाख फोरजी प्रयोगकर्ता थप गरेको छ । स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीका करिब ५० हजार फोरजी प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल सङ्ख्या दुई करोड २८ लाख नाघेको छ । फोरजीबाहेक थ्र्रीजी प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड २९ लाख रहेको छ । जसमध्ये नेपाल टेलिकमका एक करोड चार लाख थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका २४ लाख ६२ हजार छन् । समाचार गोरखापत्र दैनिकको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्