लुम्बिनी सरकारले सञ्चार विधेयक अगाडि बढाएर थप द्वन्द्व बढाउने दुष्प्रयास नगरोस् : महासचिव खड्का

| २०७८ कार्तिक ११ गते १४: ४३ मा प्रकाशित

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयक अगाडि बढाएर थप द्वन्द्व बढाउने प्रयास गरिरहेको बताएका छन् । खड्का बिहीबार सामाजिक सन्जालमार्फत लुम्बिनी सरकारले जबर्जस्ति सञ्चार विधेयक अगाडी बढाएर थप द्वन्द्व बढाउने प्रयास गरेको भन्दै त्यस्तो दुष्प्रयास नगर्न आग्रह गरेका छन। 

उनले बारम्बार छलफल र आन्दोलन गर्दा पनि प्रदेश सरकारले ध्यान नदिएको बताए । महासचिव खड्काले लुम्बिनी सरकारले सञ्चारकर्मीलाई स्वतन्त्र रुपमा काम गर्ने बाताबरण सिर्जना नगरेको बताउँदै सञ्चार विधेयक फिर्ता नगरे कडा प्रतिकार गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्