कांग्रेस महाधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्नेमा जोड

| २०७८ कार्तिक १२ गते १९: २१ मा प्रकाशित

बुटवल । पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले कांग्रेसको १४ औं महाधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्ने बताएका छन् । उनले आसन्न महाधिवेशनमा सबै एक जुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क सदनले शुक्रबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भुसालले कांग्रेसको वर्तमान केन्द्रीय समिति पूर्ण रुपमा असफल भएको आरोप बताए । समयमै गर्नुपर्ने महाधिवेशनलाई बारम्बार धकेलेर कांग्रेस माथि वैधानिकताको प्रश्न उठ्न थालेको उनको भनाई छ । 

सो अवसरमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले कांग्रेस लोकतान्त्रिक नेतृत्व चयन गर्ने पार्टी रहेको बताउँदै विधिको शासन अबलम्बन गरेर पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले महाधिवेशन भव्य र सभ्य सफल पार्न सबै क्रियाशील हुनुपर्ने बताए । 

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले एकताको सन्देश महाधिवेशनबाट जनताले सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । महाधिवेशनले संघ, प्रदेश र स्थानीयलाई जोड्ने उनको भनाई छ । मुस्कानले गुट–उपगुटबाट टाढा रहेर सबै एकताको सन्देश बोकेर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल,नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री, कांग्रेस उपसभापति शान्ता भण्डारी, सचिव छबिलाल पौडेल, महासमिति सदस्य तथा शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, महासमिति सदस्य यादव घिमिरे, महासमिति सदस्य केशब श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, युवा नेता बिष्णु पोखरेल, कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ काश्यव, सैनामैना नगर सभापति रणबहादुर खनाल, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, कांग्रेस नेता नेत्र भट्टराई, अर्घाखाँची प्रदेश सभा ‘क’ केशबराज कुँवर, जिल्ला सदस्य प्रेमनारायण बेल्बासे, नेपाली कांग्रेस शितगंगा नगर सभापति मोहन पन्थी, पाणिनी गाउँपालिका सभापति तुल्सी पौडेल, पाणिनी– ४ का वडा सभापति धर्मराज घिमिरे, बुटवल– १३ का सभापति पुरुषोत्तम बस्याल, नेविसंघ अर्घाखाँचीका पुर्व जिल्ला सभापति मेघराज पाण्डे, छत्रदेव– ६ का वडाध्यक्ष कमल पौडेल, शितगंगा १० का वडाध्यक्ष हिम्मत पोख्रेल, महिला संघ पाणिनी सभापति अम्बिका पोख्रेल, नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क सदनका सल्लाहकार यज्ञ प्रसाद पौडेल लगाएतले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्र सम्म सहकार्य, सहमति र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क सदनका सभापति तुल्सी भुसालको अध्यक्षता, सचिव विनोद घिमिरेको सञ्चालन र उपाध्यक्ष टिकाराम बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्