गठबन्धनभित्र विवाद छैन : प्रचण्ड

| २०७८ कार्तिक १४ गते ०६: ४९ मा प्रकाशित

नेपाल कम्युनिस्ट  पार्टी  (माओवादी  केन्द्र)का अध्यक्ष पुष्पकमल  दाहाल 'प्रचण्ड’ले प्रधानमन्त्री  शेरबहादुर  देउवा  नेतृत्वको सरकार  पूरा  कार्यकालसम्म  सञ्चालन हुने  बताएका छन् ।

शनिवार जनकपुर  विमानस्थलमा  सञ्चारकर्मीसँग कुराकानीमा उनले गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको प्रस्ट पारे ।

उनले आसन्न  राष्ट्रिय  सभा निर्वाचनमा पाँच दलीय गठबन्धन सहकार्य गरेर  जाने  सैद्धान्तिक  सहमति  भइसकेको जानकारी दिँदै निर्वाचन प्रयोजनका लागि व्यक्तिको विषयमा मात्र सहमति हुन बाँकी नरहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्