ओली भन्ने मान्छे प्रचण्डसँग थुरथुर डराउँछ : मुक्ति प्रधान (भिडियो सहित)

| २०७८ कार्तिक १७ गते १७: ५९ मा प्रकाशित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले नेकपा (एमाले) को शक्ति सबै ढलेको टिप्पणी गरेका छन् । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ठीक ठाउँमा भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डविरुद्ध बोलेको उनको दाबी छ ।

उनले भने,‘प्रचण्ड ठीक ठाउँमा छ, प्रचण्डले नै यो देशको नेतृत्व लिईराखेको छ र त उनी बोल्न बाध्य भएका छन् । ओलीले त डराएर बोलेको हो ।’ हजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा को पराजित हुन्छ र को विजयी हुन्छ ? भन्ने कुरा मैदानमा गएपछि थाहा हुने पनि टिप्पणी गरे । उनले भने,‘प्रचण्डमाथि जुन उ आईरो लागेको छ, प्रचण्डमाथि उ आईरो लाग्नुको पछाडि चाहीँ प्रचण्डदेखि उ थुरथुर डराउँछ ओली भन्ने मान्छे । ओलीको कुनै ईतिहास छैन नि ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनैपर्ने बताएका छन् । उनले प्रधान्यायाधीश जबराले विगतमा गर्न नहुने काम पटक पटक गरेको टिप्पणी गरे । प्रधान्यायाधीश जबराको कारण नै आफूहरु उनको राजीनामा माग्न बाध्य भएको प्रधानको भनाई छ । निेपाल बारले सेटिङ गरेको भन्नु गलत भएको उनको दाबी छ ।

उनले भने,‘मैले अहिलेसम्म कुनैपनि न्यायाधीशसँग गएर मुद्दा जिताईदिनुपर्यो भनेर भनेको छैन् । नभएको कुरा तपाईँले भन्नुभएन । हामी त गलत व्यक्तिहरुको विरुद्धमा लड्ने मान्छे हौं । नेपाल बारले बोल्दैन् । बोलेपछि छोड्दैन । उहाँको हकमा अब कुनै फेश सेभिङ हुँदैन् ।’ उनले आफूहरुले अब जनतालाई आह्वान गरेर आन्दोलन गर्ने पनि जानकारी दिए । उनले भने,‘प्रधानन्यायाधीशलाई त जनताले चिनिसके, अब को को लाई चिनाउनुपर्ने हो, हामी चिनाउँछौं ।’स्रोत - रिपोर्टर्स क्लब 

प्रतिक्रिया दिनुहोस्